राजनीति

संसद्को लाइभ बन्द हुने भएपछि उपाय खोज्दै सभामुख

नवलपुर टुडे
२०८२ भदौ २० | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो राखेका छन् ।
सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएपछि सभामुख घिमिरेले चासो व्यक्त गरेका हुन् ।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले संसद् सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिइसकेको जानकारी दिए ।

संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण युट्युबमार्फत हुँदै आएको छ । सरकारले बिहीबार नेपालमा दर्ता नभएका फेसबुक, युट्युबलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

कमेन्टहरु