अपराध

काठमाडौबाट तीन करोड रकम र सुनसहित एक जना पक्राउ

जगत ठाडा मगर
२०८२ भदौ १७ | मध्यान्ह ०६:०५ बजे

काठमाडौँ, भदौ १७ । काठमाडौबाट तीन करोड रकम र सुनसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएको छ ।

श्रेष्ठलाई काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रु.तीन करोडभन्दा बढी रकम र सुनसहित पक्राउ गरेको हो । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो ।

बोहराका अनुसार “करिब रु तीन करोडभन्दा बढी रकम र ठूलो परिमाणमा सुनका गहना पनि भेटिएको बताए । हाल बरामद रकमको सङ्ख्या यकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरु भएको छ ।

कमेन्टहरु