जीवनी, दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, बिश्व, सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिमेली नेपाली समाज युएईले बृहत सांस्कृतिक कार्यक्रमसहित गौरा पर्व सम्पन्न

कबिराज राजबंशी
२०८२ भदौ १७ | मध्यान्ह ०२:०५ बजे

कविराज राजवंशी प्रवास दुबई युएई

वास्तवमा नेपाल प्राकृतिक सौंदर्यको धनी राष्ट्र त छदै छ। तर सांस्कृतिक, रितिरिवाज, मौलिकता, भाषा र धर्मले नेपाललाई विश्व सामु अलगै पहिचानले चिनाउँछ । त्यही कुराको संगम आज मैले यूएईमा देख्न पुगेँ मलाई साँच्चै भन्दा एकछिन् नेपालको सुदूपश्चिमाञ्चलमा पुगेँ जस्तो महसुस भयो, तर होईन रहेछन् म त दुवईको याक एण्ड यति एभरेस्ट क्लब वर दुवईमा सुदूपश्चिमेली नेपाली समाज युएईको “गौरा पर्व बिषेश सांस्कृतिक” कार्यक्रममा थिए।

IMG 20250831 160901 edit 8512346522065 scaled

३१ अगस्ट २०२५ आईतबार गौरा पर्व विशेष कार्यक्रममा नेपलबाट आमन्त्रीत कलाकारहरु लाल बहादुर धामी र इब्सल सञ्ज्यालको गीत लयमा दर्शकहरू झुम्दै रमाएको दृश्य थियो । अझ माहिला माहिला एकतिर पुरुष पुरुष एकातिर ग्रुमा देउडा नाच्दै गरेको थियो। वास्तवमै सुदूपश्चिमाञ्चमेली नेपाली समाज युएईले हाम्रो संस्कृति, पहिचान जोगाउन र विश्व सामु चिनाउन यो कार्यक्रमले ठुलो पहल गरेको मेरो विश्वास छ।

FB IMG 1756800895776

उक्त कार्यक्रमका सभापतित्व ग्रहण सुदूरपश्चिमेली नेपाली समाज यूएईका अध्यक्ष श्री प्रकाश दत्त बडु ज्यूले गर्नु भएको थियो भने, प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्यदूतावास दुबईका उपमहावाणिज्यदूत श्री कृष्ण प्रसाद चापागाई त्यसैगरी विशिष्ट अतिथिहरू सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका प्रथम उपाध्यक्ष धर्मराज पाण्डेय, सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समिति गल्फ संयोजक दान सिंह महरा, विशेष अतिथिहरु कमल गिरी र नेपाली समाज युएईका निबर्तमान अध्यक्ष वेद प्रसाद अर्याल ज्यु लगायत अन्य क्रियाशील संघ संस्थाहरुको प्रमूख तथा पदाधिकारीहरुको सहित लगभग ४०० जानको बाक्लो उपस्थिति रहेको थियो।

FB IMG 1756800901051

औपचारीक कार्यक्रम महासचिव भरत वोगटी ज्युको सञ्चलानमा संम्पन्न भएको थियो भने सास्कृतिक कार्यक्रम दुबई क्षेत्रिय समिति सचिव चन्द्रिका ओझा ज्यूले सञ्चालन गरेकी थिइन्।

IMG 20250831 160803 scaled

सांस्कृतिक कार्यक्रम अन्तर्गत डेउडा नृत्य, लोकदोहोरी, गीत तथा गजल प्रस्तुतिहरूले माहोललाई झनै आकर्षक बनाएको थियो। कलाकार लाल बहादुर धामी, इब्सल संज्याल, सूर्य बि.सी., पदम बि.सी. लगायतका कलाकारहरूले मनमोहक प्रस्तुति दिनुभएको थियो।

FB IMG 1756800907446

त्यस अवसरमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका प्रथम उपाध्यक्ष तथा यूएई सल्लाहकार श्री धर्मराज पाण्डेय ज्युले आगामी महाधिवेशनका बारेमा आफ्नो मन्तव्य राख्दै उनले भने “सुदूरपश्चिमेली संस्कृतिको पहिचानलाई प्रवासमा समेत जीवित राख्ने क्रममा रितिरिवाज अनुसार विधिवत गौरा पुजा गरी सुदूरपश्चिमेली नेपाली एकता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए”। आगामी अक्टोबर ९, १० र ११, २०२५ मा कैलालीको घनगढीमा हुने महाधिवेशन सम्पूर्ण सुदूरपश्चिमेलीहरूको साझा पहिचान, एकता र संस्थागत सुदृढीकरणका लागि ऐतिहासिक बन्नेछ” भन्ने विश्वास व्यक्त गर्नुभयो।

FB IMG 1756803422020

 

 

 

 

 

 

 

 

कमेन्टहरु