कपिलवस्तुमा हतियार देखाएर ११ लाख बढीका गरगहना र नगद चोरी

नवलपुर टुडे
२०८२ भदौ १७ | बिहान १०:०५ बजे

कपिलवस्तु, १७ भाद्र । कपिलवस्तुमा हतियार देखाएर लाखौको घनमाल चोरी भएको छ । जिल्लाको शिवराजको नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा सोमबार मध्यरातमा हतियार देखाएर ११ लाख बढीको चोरी भएको हो ।
उक्त चोरी समुहले पिस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाएर साढे तीन तोला बढीको गरगहना तथा डेढ लाख नगद चोरी गरी फरार भएका हुन्।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका अनुसार खुकुरी तथा पेस्तोल जस्तो देखिने हतियार देखाएर सो लुटपाट गरी चोरहरू फरार भएको जानकारी दिए।
उक्त चोर समुहलाई खोजी तथा घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।























