कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
किवीफल बारीमा लटरम्म


बाजुरा , भदौ १५ । जिल्लाको हिमाली गाउँपालिका वडा नं १ देउसैन गाउँमा किवी बारीमा लटरम्म फलेको छ । फेस नेपाल संस्थाले दिएको एक वर्षभित्र फल्छ, भनेर दिएको हो । हामीले किवी लगाएको ३ वर्षपछि दुईपटक फलाएर खायौं । फेस नेपाल किवीको बोट सहयोग गर्यो केही गाउँपालिकाबाट सहयोग मिल्छ भन्ने आशामा छौं ।
अहिले किवीलाई राम्रोसँग फलाउन लागिपरेका छौँ । फलाउन त्यसलाई काठको खम्बा हालेको छौँ । काठका खम्बा हालेको लामो समय हुँदा अहिले कुइँदै गएपछि किवी भुइँमा पाकेको फल झर्दै गएको छ । पालिकाबाट केही फलामे खम्बा सहयोग गरेपछि अझ राम्रो फल लाउने लक्ष्य रहेको हिमाली गाउँपालिका -१ का आदेश थापाले बताउनुभयो ।
किवी बोटका लागि धेरै पटक काठ खम्बा हाल्ने गरेका थियो । अहिले जङ्गलमा काठको नोक्सान पनि भयो । फेस नेपाल संस्था लागू भएको १० वर्ष भयो र लागू भएको पाँच वर्षपछि गाउँका सात घरलाई किवीका बोट दिएर लगाएको हो । किवी फल्न लागेको तीन वर्ष भयो । बारीमा किवी फलायौ र फलायो गाउँमा दानाको १०-१५ रुपैयाँले बिक्री गर्ने गरेका छौं ।
अत्याधिक मात्रा फले पनि बोटमा सपोर्ट गर्ने खम्बा नभएर अहिले फल झर्दै गएको छ । आफूले १२ जना मान्छे लिएर जङ्गलमा काठको खम्बा ल्याएर काम गरिदिनु पर्यो भनेर मान्छे लगाएर केही किबी फलको संरक्षण भएको छ । स्थानीय सरकारलाई किवी बोटलाई सपोर्ट गर्न फलामे डण्डा सहयोग गरिदियो भए अझै फलाउने चाहना थियो ।
किवी फलाएपछि यसबाट राम्रो आम्दानी हुने सम्भावना रहेको छ । अब बिच्छ्यामा गाडी पुग्न लागेको छ । यसलाई पालिकाबाट सहयोग गरिदियो भने केही आफ्ना बालबच्चाहरुलाई पठनपाठन देखि पालनपोषण गर्न सकिन्छ भन्ने लागिरहेको थापाले बताएका छन ।
गाउँमा पहिलो वर्ष २ दुई क्विन्टल फलेको हो । पहिलोभन्दा अहिले बढी फलेको छ । बारीमा लटरम्म फलेको देख्दा यो वर्ष तीन क्विन्टल भन्दा बढी फल्ने आकलन गरेको छ । एउटा बाढी नै किबी मात्र लगाएको छौँ । बिच्छ्या नजिकै रहेकोे देउसैन गाउँमा ७ जना घरपरिवारले किवी खेती गरिरहेका छन । किवी खेतीबाट नै घरपरिवार खर्च धान्न मज्जाले सकिन्छ, भन्ने विश्वास रहेकोे कृषक थापाले बताउनुभयो ।























