देश

लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०९:०४ बजे

महेश यादव
नवलपरासी /पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ लाेहराैलिमा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

photo 2021 07 29 21 42 54

एबिसि नेपाल, स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्य तथा संवाद किशोर किशोरी संजाल पाल्हिनन्दन-४ काे अायाेजनामा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

सञ्जालकाे काेषाध्यक्ष नितु पटेलकाे अध्यक्षता तथा समाजसेवी एवम् पत्रकार रन्जित शर्माकाे प्रमुख अतिथि तथा पत्रकार सुरेश यादवको विशिष्ट अतिथिमा सम्पन्न भएको छ।

photo 2021 07 29 21 42 52

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले लागू पदार्थकाे सेवनले मानिसकाे शारीरिक अस्वस्थता बढाउनुका साथै अार्थिक अवस्था पनि कमजोर बनाउदै गरेको बताए । उहाँले लागु पदार्थ सेवन गर्नु सेवन गराउन दिनु एक कानुनी अपराध पनि भएको बताउदै लागू पदार्थले गर्दा समाजमा अशिक्षा र बालबालिकाकाे भबिस्य खतरामा परेको हुनाले यसलाई तत्काल समाधान गर्नू पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा एविसि नेपालका सुपरभाइजर विष्णु परियार, भाेलेन्टियर मनिता ढकाल, पत्रकार ज्ञानेश्वर सहानी लगायत समाजसेवी, किशोरकिशोरी, अभिभावक र लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुकाे समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नुभएको थियो ।

कमेन्टहरु