पुर्व सांसद शाह : जनतासंग माफि किन ?


कपिलवस्तु, भदाैं १२ । नेपाली कांग्रेस नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले आफ्नाे फेसबुक पाेष्ट मार्फत जनतासंग माफी मागेका छन ।
संविधानसभा सदस्यसमेत रहनुभएका अभिषेक प्रताप शाह हिजाे राति फेसबुकमा आफ्नाे मार्मिक विचार व्यक्त गर्दै आफ्ना क्षेत्रका जनतासंग माफी मागेका हुन । उनले विगतमा म संग गल्ती भएकाे भए माफ गर्नुहाेला भनी आफ्ना आदरणीय जनतालाई लाेकतन्त्रकाे राजा सम्बाेधन गरि फेसबुकमा पाेष्ट गरेका हुन । त्यसपछि उनका शुभेच्छुकले उनकाे पाेष्टलाई सकारात्मकताका साथ जवाफ दिदै तपाईं याे क्षेत्रका लागि आवश्यक नेता हाे भनी समर्थनसमेत गरेका छन ।
विगतका दिनमा पुर्व सांसद शाहकाे केही विवादित वक्तव्य , फेसबुक पाेष्टहरु प्रकाशित भएपछि कसैकाे मनमा पुग्न सक्ने दु:खका कारण माफि मागेकाे जनाउदै ती वाक्यांश मेराे व्यक्तिगत मात्र रहेकाे बताउनु भयाे । काेही कसैलाई चाेट पुग्ने खालका वक्तव्य दिने नियत नरहेकाे उनले प्रस्टाएका छन । अब सकारात्मक राजनीतितिर ध्यान केन्द्रीत गरि अगाडि बढ्ने शाहले बताउनुभयाे ।























