युएईमा चेलिबेटीलाई माइतिको झझल्को आउने गरी भुमिकास्थान सम्पर्क समिती अर्घाखाची युएईले बृहत् तिज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ


कविराज राजवंशी प्रवास दुबई युएई
युएईमा चेलिबेटीलाई माइतिको झझल्को आउने गरी भुमिकास्थान सम्पर्क समिती अर्घाखाची युएईले २४ अगस्त २०२५ आईतबार दुबईको बर दुबई सहरको रक नमस्ते क्लबको हलमा जुलाइ अगस्तको गर्मिको प्रवाह नगरी कार्यक्रममा छमछमि नाचिरहेका चेलिहरू रमाइलो गरिरहेका थिए| परदेशमा घरदेशको झल्को दिनेगरी, भुमिकास्थान सम्पर्क समिती अर्घाखाची युएईले तिज विशेष तथा दरखाने कार्यक्रम सहित भब्य सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

नेपालबाट आमन्त्रीत चर्चित लोक दोहोरी गायक बसन्त लम्सालले आफ्नो जादुमय स्वर बाट एक टुक्का गाउनासाथ खचाखच भरिएका हल एकाएक, गुन्जियो। परदेशमा रहेका चेलिबेटी दिदिबहिनीहरू माइतिको सम्झनामा रमाइरहे| तिजको झल्को मेटिनेगरी बसन्त लम्साल र बसन्त घर्तिको गीतमा दर्शकहरू झुमिरहे । परदेशको कामका थकानपनि कलाकारको प्रस्तुतिले दर्शकलाइ राहात् दिएको अनुभुती देखिन्थ्यो।

भुमिकास्थान सम्पर्क समिती अर्घाखाची युएइका अध्यक्ष दिपक शाह ठकुरिको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रमको सन्चालन सस्थाका महासचिब भिम केसीले सन्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्घाखाची सम्पर्क समिती युएइका अध्यक्ष जेपि पोख्रेल ज्यू हुनुहुन्थ्यो । भने विशिष्ट अतिथिहरुमा लुम्बिनी प्रदेस समाजबाट चिरन आचार्य ज्यू, गुल्मी सेबा समाजबाट जिवन सिंह ठकुरी ज्यू, पाल्पाली समाज बाट सम्योजक र लोकेस बम ठकुरी, नबलपरासि सेबा समाज बाट महासचिब मनोजराज पाण्डे, रुपन्देहि सेवा समाज बाट हुमराज बिक, कपिलबस्तु बाट सल्लाहकार बद्रि प्रसाद भुसाल्, बल्कोट सम्पर्क समिती बाट राम बहादुर कुमाल्, सितगङ्गा सम्पर्क समिती बाट गणेश पौडेल, पबित्रा खनाल, लोकदोहोरि प्रतिष्ठान बाट नरेन सापकोटा, सैनामैना सेवा समाज बाट केसब भट्टराई लगायत युएइमा कर्मथलो बनाइ निरन्तर कला क्षेत्रमा लाग्नुभएका कलाकार, पत्रकार लाल बहादुर डेँगा, नवलपुर टुडेका पत्रकार कविराज राजवंशी, अर्घाखाची नेटवर्कका गिरिराज पाण्डे लगायत यूएईमा क्रियाशिल संघ संस्था प्रमुख ज्यूहरूको उपस्थिती रहेको थियो।

नेपालबाट आमन्त्रीत बिशेस अतिथीहरु राष्ट्रिय लोक दोहोरी गायक बसन्त लम्साल र बसन्त घर्ति को प्रस्तुतिले छुट्टै माहोल बनेको देखिन्थियो। साथै युएइमा रहेर स्थानीय कलाकारहरु आफ्नो कला र गला लाई निरन्तरता दिँदै उक्त कार्यक्रममा अफ्नो दमदार प्रस्तुती दिएका थिए। जस्ले गर्दा कार्यक्रम लाई अझ उत्कृष्ट बनाएको थियो।

सोही कार्यक्रममा प्रमुख अतिथि जेपी पोख्रेल ज्यूले भने, “भूमिकास्थान सम्पर्क समितिको पहिलो तीज विशेष सांस्कृतिक कार्यक्रम ऐतिहासिक भयो र भविष्यमा यसले सामाजिक कार्यलाई बलियो बनाउनेछ।” विशेष अतिथिको रूपमा बोल्दै चिरन आचार्यले भूमिकास्थान सम्पर्क समिति नयाँ संस्था भए पनि हरेक कोणबाट धेरै सचेत र बलियो रहेको बताए। त्यस्तै, संरक्षक कृष्ण भुसालले युएईमा बस्ने नेपालीहरूबीच संस्थाले बलियो सम्बन्ध निर्माण गर्दै जानुपर्ने बताए।

संस्थाका अध्यक्ष दीपक शाह ठकुरीले कार्यक्रम सफल बनाएकोमा उपस्थित सबै अतिथि, कलाकार, पत्रकार, दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद दिए र नेपालीहरूले भोग्नुपरेका समस्या समाधान गर्न भविष्यमा युएईमा रहेका सामाजिक संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरे।

औपचारीक कार्यक्रमको समापन पश्चात् दोश्रो चरणमा तिज विशेष सास्कृतिक कार्यक्रमको सन्चालन नबराज ठकुरिले गर्नु भएको थियो। उक्त सांस्कृतिक कार्यक्रममा माहिला दिदीबहिनी मात्र नभई दाजुभाईहरु पनि कम्मर मर्काउँदै छम छमी नाचेर सभ्य र भवयताकासाथ कार्यक्रम सम्पन्न भयो।
























