नवलपुरमा अटो दुर्घटनामा १२ जना घाईते, दुईको अवस्था गम्भीर


कावासोती, भदौं १० । नवलपुरमा अटो(पछाडी ढाला भएको) दुर्घटना हुदा १२ जना घाईते भएका छन । किर्तिपुरबाट दलदले तर्फ आउदै गरेको अटो देवचुली नगरपालिका- ६ टोक्रे खोला पुल नजिक लु १ स ९०९४ नम्बरको सामान बोक्ने(पछाडि ढाला भएको) अटो चालकले नियन्त्रण गुमाउदा बाटोबाट तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट दलदले र ईलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी टोली खटिगई घाईतेहरुको उद्दार गरेका छन । घाईते सबै भारतीय नागरिक रहेका छन । ती मध्य दुई जनाको अवस्था गम्भीर रहेका छन । घाईते सबै जनालाई उपचारका लागि भरतपुर सिएमसीमा पठाएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको अवस्था:
देश भारत मोतिहारी बस्ने बर्ष ३५ की रिजुवाना खातुन, टाउकोमा चोट अवस्था गम्भिर, थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाएको । ऐ.१८;३५ बजे मृत्यु घोषणा भएको ।
२. देश भारत मोतिहारी बस्ने बर्ष ३५ की सवना खातुन, बाहिरी चोट नदेखिएको, बोल्न नसक्ने अवस्था गम्भिर चितवन मेडिकल कलेज भरतपुर पुगेको, अवस्था मध्यम ।
३. ऐ.ऐ.बस्ने बर्ष अं. १८ की रजिया खातुन, छातिमा भित्रि चोट अवस्था मध्यम, चितवन मेडिकल कलेज भरतपुर रिफर
४. ऐ.ऐ.बस्ने बर्ष अं. ४२ को मोहम्मद रजा, भित्रि चोट अवस्था मध्यम, डिस्चार्ज भई भरतपुर तर्फ घाईतेसंग गएको ।
५. ऐ.ऐ.बस्ने बर्ष अं. १५ की मेहेक इस्तियाक, पेटमा चोट अवस्था मध्यम,रिफर, चितवन मेडिकल कलेज भरतपुर रिफर
६. ऐ.ऐ.बस्ने बर्ष अं. ४० को इस्तियाक आलम, छातिमा भित्रि चोट अवस्था मध्यम रिफर, चितवन मेडिकल कलेज भरतपुर रिफर
७. ऐ.ऐ.बस्ने बर्ष अं. १८ को मौजमा इमाम, बाँया हात र कोखामा चोट अवस्था मध्यम रिफर, चितवन मेडिकल कलेज भरतपुर रिफर
८. ऐ.ऐ.बस्ने बर्ष अं. १२ की जोया इस्तियाक, टाउको र खुट्टामा चोट अवस्था मध्यम रिफर, चितवन मेडिकल कलेज भरतपुर रिफर
९. ऐ.ऐ.बस्ने बर्ष अं. ११ को निजामुदिन हुसेन, खुट्टामा चोट अवस्था मध्यम रिफर, चितवन मेडिकल कलेज भरतपुर रिफर
१०. ऐ.ऐ.बस्ने बर्ष अं. १४ को सावा खातुन, दुबै हातमा चोट अवस्था मध्यम रिफर, चितवन मेडिकल कलेज भरतपुर रिफर
११. ऐ.ऐ.बस्ने बर्ष अं. १२ को उमर रजा, आँखामा चोट अवस्था मध्यम रिफर, चितवन मेडिकल कलेज भरतपुर रिफर
१२. ऐ.ऐ.बस्ने बर्ष अं. १६ की कुलसुम वान, बाहिरी चोट नभएको डिस्चार्ज भई भरतपुर तर्फ घाईतेसंग गएको ।























