माइतीघरबाट सन्तोष राजावादी फेरि पक्राउ

नवलपुर टुडे
२०८२ भदौ १० | मध्यान्ह ०७:०५ बजे

काठमाडौँ । तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) पक्राउ परेका छन् । उनी यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा समेत पक्राउ परेका थिए ।
माइतीघरमा प्रदर्शन गरिरहेका वेला मंगलबार उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।गोरखापत्रमा मंगलबार ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो ।
उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोज्ने गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।























