कृष्णनगरबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ


कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगरबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागुऔषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बस स्टप बस्ने बर्ष २० को महमद कैफलाई पक्राउ गरिएको थियो ।
कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगरबाट थप अनुसंधान कार्य भइ रहेको छ।
पक्राउ परेका कैफलाई कपिलवस्तु जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।























