दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, बिश्व
सहृदयता अन्तरराष्ट्रिय युएईद्वारा आयोजित तिज विशेष कार्यक्रम २०८२ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।


कविराज राजवंशी प्रवास दुवई, युएई
सहृदयता अन्तरराष्ट्रिय युएईद्वारा आयोजित तिज विशेष कार्यक्रम २०८२ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। चेलिबेटीलाई दर खुवाउने परम्परालाई आत्मसात गर्दै आयोजित यस कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकार, दिदीबहिनी र दाजुभाइहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी पार्वता सिग्देल रहनुभएको थियो भने सभापतित्व सहृदयता अन्तरराष्ट्रिय युएईका अध्यक्ष श्री भिम प्रसाद पोख्रेलले गर्नुभएको थियो। सो अवसरमा कार्यक्रम सञ्चालन तथा उद्घोषण महासचिव श्री सुमन चापागाईं र सचिव श्री कृष्ण प्रसाद तिमिल्सिनाले संयुक्त रूपमा गर्नुभएको थियो।

संस्थाका तर्फबाट कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, पत्रकार, संघ–संस्थाका प्रतिनिधि तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, ब्यस्तताका बाबजुद पनि अहोरात्र खटिएका सम्पूर्ण प्रतिनिधिहरूप्रति विशेष आभार प्रकट गरिएको छ।
सहृदयता अन्तरराष्ट्रिय युएईका अध्यक्ष पोख्रेलले “विदेशी भूमिमा बस्दा पनि परम्परा र संस्कृतिलाई जोगाउँदै तीजलाई साझा पर्वको रूपमा मनाउनु हाम्रो गर्व हो” भन्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।यसरी तीज विशेष कार्यक्रम २०८२ उत्साह, उल्लास र परम्परागत संस्कृतिसहित सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ।























