देश

मनकला हत्या छानबिनको लागि बाँकेबाट तालिम प्राप्त कुकुर झिकाउने

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०६:०४ बजे

रुकुम । मनकला हत्या आरोपमा छानवीनमा बाँकेका तालिम प्राप्त कुकुरको प्रयोग गरिने भएको छ । पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका वडा नं ४ छहरेमा राती गोठमा वस्तुलाई घाँस हाल्न गएको २६ वर्षिय मनकला खत्री खड्का अबेरसम्म गोठबाट नफर्किएपछि घरमा भएकी एक मात्र सासु अाम र ७ वर्षिय छोराले गोठमा गएर हेर्दा बुहारी नभेटिएपछि छिमेकीलाई हारगुहार गरी खोज्दा घर फर्किने बाटो नजीकमा उनको मृत शरीर भेटिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेर धारिलो हतियारले चार पटकसम्म प्रहार गरी विभत्स हत्या भएको उनको शवलाई पो्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

हत्या आरोपमा ३ जना पक्राउ परेपनि हालसम्म नाम सार्वजनिक भएको छैन । पक्राउ परेका एकै परिवारका ३ मध्य २ जना १८ वर्षमुनिका भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका थप विवरणको लागि बाँके जिल्लाबाट तालिमप्राप्त कुकुर परिचालन गरिने श्रोतको दावी छ ।

कमेन्टहरु