दुर्घटना

गैंडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाईते

नवलपुर टुडे
२०८२ भदौ ८ | मध्यान्ह ०७:०५ बजे

कावासोती, भदौं ८ । पुर्वी नवलपरासीको गैडाकोटस्थित नारायणी पुलको विचमा ट्रकले मोटरसाइकललाई ठक्कर
दिदाँ एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन ।

आज (आइतबार) साझ ५:४० बजे गैंडाकोट नगरपालिका- २ नारायणी पुलको विचमा गैंडाकोटबाट नारायणगढ तर्फ जादै गरेको ना१क ५१९९ नम्बरको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जादै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घट्ना भएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक गैंडाकोट नगरपालिका- ४ बस्ने बर्ष २३ को मुनाल दाहालको मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडिसवार गैंडाकोट नगरपालिका- ४ बस्ने बर्ष २७ को प्रतिक घिमिरे घाईते भएका छन । उनको अवस्था सामान्य रहेको छ। घाईतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको प्रहरीले बताए ।

ठक्कर दिने ट्रक र ट्रक चालक सिन्धुली गोलन्जोर गाउँपालिका- ९ बस्ने बर्ष ३५ को तुक्त बहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिईएको  छ ।

कमेन्टहरु