हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघ्यो

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदन उपाध्यायका अनुसार हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । यो तथ्यांक साउन १३ गतेसम्मको हो ।
कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ जना बालबालिका र दोस्रो लहरमा ३२ हजार ९३७ बालबालिका संक्रमित भएका छन् । दोस्रो लहरमा संक्रमित भएका बालबालिकामध्ये २९ हजार ७७७ जना निको भएको डा. उपाध्यायले बताउनुभयो ।
कोरोना संक्रमणबाट पहिलो लहरमा ३८ र दोस्रो लहरमा ४३ जना गरी जम्मा ८१ जना बालबालिकाको मृत्यु भएको उनले बताए ।






















