नेपाली महिला समाज कतारको तिज विशेष कार्यक्रम सम्पन्न


दोहा । नेपाली नारीहरुले मनाउने पृथक पर्व हरितालिका तीज नेपालमा जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलीहरुले नारी बेदनाका गीत संगीतका साथ रमाइलो गरी दर खाएर कतारमा पनि धुमधामसँग मनाएका छन। नेपाली महिला समाज कतारद्वारा आयोजित रमाईलो तीज सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ ।
शुक्रबार नाज्मामा अवस्थित होटेल होलिडे विलाको सभाहलमा संस्थाकी अध्यक्ष माया केसीको सभापतित्वमा तथा नेपाली राजदुतावास कतारका राजदूत महामहिम रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा आईसीसी, एनसिसीका पदाधिकारीहरु लगायत कतारमा स्थापित विभिन संघ संस्थाका अध्यक्ष एव प्रतिनिधिहरु, पत्रकार कलाकारहरू तथा महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रवासमा रहेका नेपाली महिलाहरु रंगिचंगी पहिरहन र गरगहनाले सजिएर कार्यक्रममा उपस्थित भएका थिए ।नेपालबाट आएकी लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियारले कतारका महिला दिदीबहिनीहरुलाई नचाउन सफल भईन।गायिका पुनको गीतले तीज कार्यक्रममा उपस्थित महिलाहरु त कम्मर भाँची भाँची नाचेर तीज मनाए। तस्तै गायिका परियारले पनि गाएका तीजका गीतमा उपस्थित महिलाहरु स्टेजमा पुगेर कम्मर भाचीभाची नाचिरहदा नेपालकै झल्को मेटिएको थियो ।
विधिवत उद्घाटन सहित अघि बढेको कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेकी थिईन। संस्थाकी प्रवक्ता तथा कार्यक्रम संयोजक शारदा भुजेल तथा महासचिव मेनुका खतिवडा भण्डारीले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापति केसीले कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सभ्य र भव्य बनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभईहरुलाई धन्यवाद प्रकट गर्दै हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको शुभकामना व्यक्त गर्दै समापन गरेकी थिईन ।
























