देश

सिरहामा जहीरन खातुनको रहस्यमय मृत्यु

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०४:०४ बजे

विनोद मण्डल
सिरहा । जहीरन खातुनको रहस्यमय मृत्यु भएको छ ।
सिरहाको लक्षमिपुर पतारी गाउँपालिका वडा नं ५ खरुकियाही बस्ने वर्ष २४ की जहीरन खातुनको रहस्यमय मृत्यु भएको रहस्य खुलेको छ ।

ससुराल घरमा पटक पटक शारीरिक मानसिक यातना भोग्दै आएकी खातुनको २०७८ साउन ९ गते राति हत्या भएको भन्दै माइती पक्षले पत्रकार सम्मेलन गरी बताएका छन् ।

माइती पक्षले ईलाका प्रहरी कार्यालय महेशपुर पतारीमा उजुरी दर्ता गराएपछि खातुनको श्रीमान रहमत अंसारी, ससुरा मो वकील मिया र जेठाजु जब्बर अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दहेजको विषयमा छोरीलाई पटक पटक शारीरिक मानसिक यातना दिएको अर्नामा गाउँपालिका वडा नं १ बस्ने महमूद अन्सारीले बताएका छन् ।
शवको पोष्टमार्टम रिपोर्टपछि मात्र केही भन्न सक्ने ईलाका प्रहरी कार्यालय महेशपुरले बताएका छन् ।

कमेन्टहरु