देश

भारतबाट अबैध रुपमा ल्याएको दुई लाख ७३ हजारको चिनी बरामद

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०४:०४ बजे

धनगढी । छिमेकी राष्ट्र भारतबाट अवैध रूपमा ल्याएको चिनी बिहिवार प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छल गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ४२ क्वीन्टल अवैध चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि चिनी ल्याउने व्यक्तिसहित गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

कमेन्टहरु