एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच वार्तालाप भएको थियो । प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर भेटेका प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवास पुगेका हुन् ।
सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुने वा नहुनेबारे प्रष्ट कुरा राखेका छैनन् ।
सत्ता समीकरणको भागबण्डा नमिल्नाले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषदमा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवाले नै चलाइरहेका छन् ।






















