देश

रोल्पामा एक महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह १२:०४ बजे

रोल्पा । रोल्पामा एक महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ परेका छन् ।

रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिलस्मृति गाउँपालिका–६ गजुलका धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए। पीडितको कोठामै गएर उनीहरुले कुटपिट गरेको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाले आफूमाथि बोक्सीको आरोप लगाइ अत्याचार गरेको भन्दै गएको सोमवार प्रहरीमा उजुरी दिएकी थिइन् । गएको ६ गते उनीहरुले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा घाउ लागेको छ ।

कमेन्टहरु