क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल


काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको बताएका छन् । अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि चार करोड डलर बराबरको सहयोग उपलब्ध गराई रहेको जानकारी दिए ।
दुई दिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्च (क्यानेफोर) को नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा डा.दिनेश गजुरेल, बोर्ड निर्देशकमा डा.शिवहरि गौतम, डा.अनुप बस्नेत, डा.होमनाथ घर्ती र इन्जिनियर सुवास पौडेल निर्वाचित भएका हुन् ।
कार्यसमितिको सचिवमा कुसुम शर्मा, कोषाध्यक्षमा अम्बिका पौडेल र प्रविधि अधिकृतमा सौगात श्रेष्ठ निर्वाचित भए । दीपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन भएका छन् ।























