बाढी/पहिरो, यातायात

गुल्मीको रिडी-तम्घास सडककाे आउजाउ अवरुद्ध

नवलपुर टुडे
२०८२ भदौ २ | बिहान ०८:०५ बजे

गुल्मी । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ। रेसुङ्गा नगरपालिका‐ १३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन्।

रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउन उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए। सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन्। अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।  

कमेन्टहरु