ऐतिहासिक सम्पदा संरक्षणमा प्रदेश सरकार सक्रिय छ : मुख्यमन्त्री पौडेल

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह १२:०४ बजे

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक सम्पदाहरू संरक्षणमा सरकार सक्रिय रुपमा काम गरिरहेको बताए ।
चुरियामाई सुरुङ पुनर्निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले ऐतिहासक सम्पदालाई पर्यटन सँग जोडेर जनताको जीवनस्तर र आर्थिक उपार्जनको योजनासहित काम गरिरहेको बताए । उनले प्रदेशको गौरबको आयोजनाहरुको निर्माणमा केही निर्माण कम्पनीहरुको बदमासीका कारण सरकारले समस्या भोग्न पर्ने वाध्यता रहेको बताए ।
निर्माण व्यवसायीहरुलाई समयमा नै सम्झौता अनुसार काम सम्पन्न गरीदिने हो भने देश छिटै नै समृद्ध बन्ने उनले दावी गरे । समयमा नै निर्माण कार्य सम्पन्न गरी सकारलाई विकास र समृद्धिको बाटोमा सघाएर पुरस्कृत हुन निर्माण कम्पनीहरुलाई मुख्यमन्त्री पौडेलले आग्रह गरे ।






















