अपराध

नेपालगंजबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

नवलपुर टुडे
२०८२ भदौ १ | मध्यान्ह ०२:०५ बजे

बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गएराति प्रहरीले पक्राउ नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ई–रिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । यस बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्टहरु