देश

नेपाली चेलीलाई रोजगारको प्रलोभन देखाई भारत लग्ने २ दुई युवती पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । नेपाली चेलीहरुलाई फसाएर भारतमा लग्ने २ युवती पक्राउ परेका छन्। रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय युवतीलाई उद्वार गरेपश्चात पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–९ की २० वर्षीय लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ निवासी १९ वर्षीय खुश्वु विश्वकर्मा रहेको छ।

आरकेस्टामा काम लगाइ दिने बहानामा दुवै युवतीहरुलाई भारत पुर्याइएको र उक्त घटनामा संलग्न रहेका दुई जना युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्टहरु