देश

सुदुरपस्चिमको कञ्चनपुर दोधारा–चाँदनी झोलुङ्गे पुलमा अझैँ ३ दिन आवतजावत बन्द

जगत ठाडा मगर
२०७८ साउन १४ | बिहान ११:०४ बजे

धनगढी । सुदुरपश्चिम कञ्चनपुरको दोधारा/चाँदनी झोलुङ्गे पुलमा अझैँ ३ दिन आवतजावत बन्द हुने भएको छ ।

कंचनपुरको दोधारा चाँदनी नगरपालिकाले मंगलबारदेखि झोलुङ्गे पुल मर्मत कार्य सुरु गरेको थियो । दैनिक ६ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको थियो।

पुल मर्मत कार्य अझैँ नसकिएकाले बिहीबारदेखि शनिबारसम्म बिहान ६ देखि ९ र दिउँसो १२ देखि बेलुका ४ बजेसम्म आवागमन बन्द गरिएको बताइएको छ।

पुल मर्मत कार्य सकिएपछि मात्रै पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ।

कमेन्टहरु