बिश्व

पुटिनको अङ्ग्रेजी दक्षताः ‘दाेभाषेको सहारा बिना पनि बुझ्न सक्ने’

एजेन्सी
२०८२ साउन ३१ | बिहान ०६:०४ बजे

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अङ्ग्रेजी यति सक्षम छ कि उनी आफ्नै दाेभाषेलाई सुधार्ने क्षमता राख्छन्, क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताएका छन्। 

अर्थात् पुटिनले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति लिमोजिनमा सँगै यात्रा गर्दा पनि ट्रम्पले बोलेको कुरा बुझ्न सक्ने सम्भावना रहेको हो।

यसअघि मई महिनामा दुई नेताबिच फोन वार्तामा पुटिनले आफ्ना दाेभाषेलेअनुवाद गर्नुअघि नै ट्रम्पले के भन्न खोजेका थिए भन्ने अनुमान लगाउन सक्ने बताएका थिए।

२०१७ मा पनि पेस्कोभले पुटिन अङ्ग्रेजी “लगभग पूर्ण रूपमा” बुझ्ने र दाेभाषेलाई सुधार्ने बताइसकेका थिए।

पेस्कोभका अनुसार यात्रा वा अनौपचारिक अवसरमा पुटिन प्रायः अङ्ग्रेजीमा कुरा गर्ने, तर औपचारिक बैठक वा वार्तामा उनी दाेभाषेकाे माध्यमबाट संवाद गर्ने गरेको बताइएको छ ।

 

कमेन्टहरु