देश

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा: विश्व पौडेलले लिए शपथ

जगत ठाडा मगर
२०७८ साउन १४ | बिहान ११:०४ बजे

काठमाडौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले डा पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा नेपाल सरकारका मन्त्री, सचिवलगायतको सहभागिता रहेको थियो ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा: पौडेललाई योजना आयोगमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।

कमेन्टहरु