गण्डकी प्रदेश

विहादी गाउँपालिकाले निशुल्क अनलाइन लोक सेवा तथा शिक्षक सेवा संचालनको तयारी

नवलपुर टुडे
२०८२ साउन २९ | मध्यान्ह ०९:०४ बजे

तिलक पराजुली
विहादी, (पर्वत) श्रावण २९ । पर्वतको विहादी गाउँपालिकाले निशुल्क अनलाईन लोक सेवा तथा शिक्षक सेवा संचालनको तयारी गरेको बिज्ञप्ति मार्फत जानकारी गराएको छ । आज एक बिज्ञप्ति जारी गर्दै लोक सेवा र शिक्षक सेवाका कक्षाहरु संचालन हुने भएकाले १५ दिन भित्र गाउँपालिकाले अनलाईन आवेदन आह्वान गरेको हो ।

WhatsApp Image 2025 08 14 at 20.54.54

बिगत बर्षमा पनि गाँउपालिका अध्यक्ष प्रविण गुरुङको वैचारिक भिजन छर्लङ्ग देखिने गरी आफ्नो घोषणा पत्रमा समावेश भए अनुरुप कार्यक्रमवाट आफ्नो गाँउपालिका भित्रका गरिव निमुखा जेहेन्दार घरमा छाक टार्न पनि गार्‍हो भएका तर पनि नेपालमै केही गर्छु भनेर हुटहुटि वोकेकालाई पहिलो प्राथमिकतामा राखी लोकसेवा र शिक्षक सेवा क्लास लिन ईच्छुकहरुलाई क्लास संचालनमा ल्याइएको थियो । अध्यक्ष गुरुङले विहादी गाउँपालिकालाई आफैमा आत्मनिर्भर हुन सक्ने बनाउने हरपल प्रयास रहेको र विहादीको हितको लागि गर्न खोजेको नविनतम कार्यहरुमा केही सदस्यहरुले सधै भाँजो हाल्न खोजिरहेको बताउनु भयो ।

केही महिना अगाडि विहादीलाई कृषिको पकेट क्षेत्र बनाउनको लागि भुमि बैकको अवधारणा ल्याउन विहादी वासीको ईच्छा र आकङ्क्षा अनुरुप अध्यक्ष गुरुङ लागिपरेपनि उक्त कामको लागि कार्यपालिकाका केही सदस्यहरु विरोधी भएकै कारण उक्त कार्यक्रम रोकिएको थियो।

कमेन्टहरु