नवलपुरमा मिनि ट्रक र मोटरसाइकल ठक्कर खादा एकको मृत्यु, एक जना घाईते


कावासोती । पुर्वी नवलपरासीमा मिनि ट्रक र मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन ।
कावासोतीबाट दुम्किबास तर्फ जादै गरेको बा.प्र.०६-००१ क ०४४४ नम्बरको मिनि ट्रक र बिपरित दिशाबाट आउदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल(२२० पल्सर) मध्यबिन्दु नगरपालिमा- ८ फुलबारी उकालोस्थित एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको नवलपुर प्रहरीले जानकारी दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक वतन नखुलेको बर्ष अन्दाजी ३०/३५ को राज कुमार बोहरा र मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका- १४ सुन्दरबस्ती बस्ने बर्ष अन्दाजी ३०/३२ को जित बहादुर महतो घाईते भएका थिए ।
घाईतेहरुको उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याएर उपचार गर्ने क्रममा मोटरसाइकल चालक राज कुमार बोहराको उपचारको क्रममा ८;१५ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ । घाईते महतोको भने उपचार भैईरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटिगई मिनि ट्रक चालक र दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।























