घटना, बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाढी पहिरो अप्डेट: ५ घरहरू पुर्ण क्षति, ४५ वटा बाख्रा मरे

उमेश रोकाया
२०८२ साउन २९ | मध्यान्ह ०२:०४ बजे

बाजुरा, साउन २८ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – १ बिच्छ्यामा बाढी पहिरोमा ४५ वटा बाख्रा मृत्यु र ५ घरहरू पुर्ण क्षति भएको छ । सिमपानी रहेका धनरुप बोहरा , रामसिंह बोहरा , प्रबलाल बोहरा र रबिलाल बोहरा सहित ५ वटा घरहरु पुर्ण क्षति भएको छ ।

घरमा रहेकोे अन्न , खाद्यान्न र लत्ताकपडा सहित धनमाल लाखौं क्षति भएको छ । बोल्देमाडौ र तिन गाउँ जोड्ने झुलङे पुल निर्माणका लागी ल्याएको सामान बगाएको छ । कमला भन्ने ठाउँमा भिमराज बोहरा १० वटा बाख्रा र आइसिङ बोहराका ३५ वटा सहित ४५ वटा बाख्रा मृत्यु भएको हिमाली गाउँपालिका -१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छन ।

‎साउन २८ गते बुधबार साझ एक्कासि बिच्छ्या खोला पानी बढेपछि भौतिक क्षति भएको छ । भने मानवीय क्षति अहिलेसम्म केही पनि नभएको भण्डारीले बताएका छ्न । क्षति भएका स्थानीयहरु राहत सहयोगका लागि हारगुहार गरिरहेका छ्न । बिच्छ्या माध्यमिक विधालयको पर्खाल भत्किए संगै र बिच्छ्या झुलेङ्गे पुल जोखिम हुँदा विधालयमा विद्यार्थीहरुलाई पठनपाठन बन्द मात्र नभई आवतजावत समस्या परेका छन ।

कमेन्टहरु