कर्णाली प्रदेश, गण्डकी प्रदेश, देश, पर्यटन, मधेश प्रदेश, शिक्षा, समाज

२६औ फोनिज स्थापना दिवस बागलुङमा सम्पन्न

याम बहादुर थापा मगर
२०८२ साउन २७ | मध्यान्ह ०६:०४ बजे

बागलुङ, साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङले २६ औ फोनिज स्थापना दिवस फुटसल प्रतियोगिता र अन्तक्रिया कार्यकम गरेर बागलुङ बजारमा भब्य रुपमा सम्पन्न भएको छ । सो अन्तरक्रिया तथा मुल समारोह कार्यक्रममा मन्तव्य राख्दै जिसस प्रमुख अम्मर बहादुर थापा मगरले पत्रकारहरुले समाजमा लुकेर रहेको प्रतिभाहरु, कला सस्कृतिहरुलाई समाजका अगाडी प्रस्तुत गर्दा ठुलो सकारात्मक प्रभाव हुने बताउनु भयो । मौखिक, अलिखित, रैथाने, लोपोन्मु विषयहरुमा पठन सस्कृतीलाई बढावा दिनमा जनजाति पत्रकारहरु लाग्नु पर्नेमा छलफल भएको थियो ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय बागलुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ शाखा बागलुङ वीचको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा पत्रकार महासंघ बागलुङ विजेता र उप विजेता फोनिज बागलुङ भएको समाचार प्राप्त भएको छ । त्यसैगरी पत्रकारीतामा जनजातिको सवाल विषयक अन्तक्रिया कार्यक्रमको छलफल पत्र फोनिज बागलुङका केन्द्रिय प्रतिनिधि संगम घर्ती मगरले प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापा मगर रहेको थियो ।

WhatsApp Image 2025 08 12 at 18.45.09

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका सदस्य गणेश थापा मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सल्लाहकार तथा केन्द्रिय प्रतिनिधि याम बहादुर थापा मगर, बागलुृङ जिल्लाका मगर संघका अध्यक्ष श्याम पुन मगर, नेपाल पत्रकार महासंघ बागलुङ उपाध्यक्ष सृजना पन्त, विनोद प्रतिक थापा, मनिष थापा मगर, अर्जुन कार्की, सुवास गौतम पत्रकारहरुले फोनिजको औचित्य सावित गर्ने कार्यक्रमहरु गरेर चलायमान सगठन बनाउनमा जोड दिन सुझाव र धारणाहरु राखेका थिए । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका सदस्य तथा महिला विभाग प्रमुख रुयासा थापा मगरको पनि उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको अध्यक्षता फोनिज बागलुङ जिल्ला अध्यक्ष डम्मर बुढा मगर, कार्यक्रम संचालन बल बहादुर पुन मगर र स्वागत मन्तव्य तिलक घर्ती मगरले गर्नुभएको थियो । प्रमुख अतिथिले व्यानर पढेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङको सभाहलमा सम्पन्न भएको थियो ।

 

कमेन्टहरु