वीरगञ्ज कारागारमा कैदीको मृत्युपछि आफन्तहरू आन्दोलित

नवलपुर टुडे
२०८२ साउन २७ | मध्यान्ह ०३:०४ बजे

वीरगञ्ज । पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ। साहका आफन्तहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन सुरु गरेका हुन्। मंगलवार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो।
बिहान व्यायाम गर्ने क्रममा उनी वान्ता गर्दै एक्कासी बेहोस भएका प्रहरीको भनाइ छ। उनलाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्य घोषित गरेको प्रहरीले जनाएको छ। आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन्।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्साको वीरगञ्ज महानगरपालिका-२५ का सदस्य जगदिश साहले प्रशासनको कमजोरीका कारण घटना भएको बताए। उनले शव आफूहरुले नबुझ्ने बताए। प्रशासनले जानीजानी मारेको उनको आरोप छ।























