मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिकमा प्रमुख प्रशासकिय अधिकृतमा चौधरी

उमेश रोकाया
२०८२ साउन २७ | मध्यान्ह १२:०४ बजे

बाजुरा , साउन २७ । बाजुरा जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत देबराज चौधरी हाजिर हुनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर ४८ शाखा अधिकृतको सरूवा गरेको थियोे । मन्त्रालयले स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । यस स्वामीकार्तिक खापर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाईएका देवराज चौधरी मंगलवारबाट कार्यालयमा हाजिरी हुनुभएको ।























