देश

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच बैठक बस्दै

जगत ठाडा मगर
२०७८ साउन १४ | बिहान ०८:०४ बजे

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आज बैठक बस्दै छ । विहीबार विहान ८ : ३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारबारे गठबन्धनका नेताहरुसँग छलफल गर्दै छन् । प्रधानमन्त्री देउवाले बुधबार विहान पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । गठबन्धनमा आबद्ध पार्टीको आन्तरिक समस्याका कारण नयाँ सरकार बनेको तीन साता हुनै लाग्दा पनि मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन ।

२५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीका साथमा मन्त्री र एक राज्यमन्त्री मात्र रहेका छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टीले आन्तरिक समस्या समाधान भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि छलफललाई तीव्रता दिएका छन् ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आज भोलि नै मन्त्रिपरिषद विस्तारको तयारी छ । आजको छलफलमा पावर सेरिङमा कुरा मिले आजै पनि मन्त्रिपरिषद विस्तार हुन सक्ने उनको भनाइ छ ।

मन्त्रिपरिषद विस्तारमा ढिलाइ गर्न नहुनेमा शीर्ष नेताहरुमा एक मत रहेकाले चाडै नै मन्त्रिमण्डलले पूर्णता पाउने खड्काले बताए ।

कमेन्टहरु