काठमाडौंमा आजदेखि लगाइँदै कोरोनाविरुद्धको भेरोसेल खोप, कस-कसले पाउँछन् ?(सुचनासहित)

जगत ठाडा मगर
२०७८ साउन १४ | बिहान ०८:०४ बजे

काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि भेरोसेलको खोप लगाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले पहिले मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको जनाएको छ । महानगरले एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्रअनुसार आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो ।
खोप लगाउन जाँदा नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्र साथमा राख्न महानगरले अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।
महानगरले प्रत्येक वडामा खोप केन्द्र सञ्चालन हुने जनाएको छ ।






















