राजनीति

सर्लाहीको वसवरियामा जसपा नेतासहित १०० जना कांग्रेसमा प्रवेश

नवलपुर टुडे
२०८२ साउन २५ | मध्यान्ह १२:०४ बजे

 साउन २५ गते । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा  सर्लाही जिल्लाको वसवरीया गाउँपालिका वार्ड वार्ड नं ४ र ५ मा जसपा नेपाल  परित्याग गरी वार्ड नं.४ का पुर्व वार्ड अध्यक्ष कमल चौधरी तथा वर्तमान वार्ड अध्यक्ष युवानेता सुरेश साहको  नेतृत्वमा १०० जना सम्मानित व्यक्तित्व नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। एक विशेष कार्यक्रममा पूर्वमन्त्री सिंहले नवप्रवेशीहरूलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाली कांग्रेस सर्लाही जिल्लामा सशक्त रुपमा स्थापित हुँदै गएको प्रदेश सांसद सिंहले बताए। उनले कांग्रेसले सर्लाहीमा १२ स्थानीय तहमा जित दर्ता गराइसकेको र आगामी निर्वाचनहरूमा प्रदेशसभा तथा प्रतिनिधिसभामा पनि विजयी हुनेगरी संगठन बलियो बनिरहेको दाबी गरे। “जनताको दुःखसुखमा निरन्तर साथ दिइरहेका छौं, विकास–निर्माण र जनसेवामा कांग्रेसको उपस्थिति बढ्दो छ,” सिंहले कार्यक्रममा बताएका थिए। पूर्वमन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार  केही दिन अगाडि मात्र हरकठवामा पार्टी प्रवेश भएका थिए। पछिल्लो समय कांग्रेसप्रति आकर्षण बढिरहेको र विभिन्न पार्टी परित्याग गरेर नेता–कार्यकर्ताहरू प्रवेश गरिरहेको क्रम जारी छ।

कमेन्टहरु