प्रबास

प्रवासी कुशवाहा कल्याण समाज कतारको अध्यक्षमा घुरन महतो

रामएकवाल राम
२०८२ साउन २४ | मध्यान्ह ०८:०४ बजे

दोहा । प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशनले घुरन महतोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

शुक्रबार सनैयाको प्लाजा मलको लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सप्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा क्रमशः मनोज कुमार महतो, बिनोद कुमार सिंह , उपेन्द्र महतो, महेश कुमार महतो, महासचिवमा सन्तोष कुमार महतो, सचिवमा अशोक कुमार महतो, कोषाध्यक्षमा उमेश कुमार महतो रहेका छन।

त्यसैगरि सदस्यहरु  मुनिलाल महतो, भागवत महतो, शम्भु महतो, रामबाबु सिंह , दिनेश कुमार महतो, राकेश सिंह , राम गोपाल महतो, राम केबल महतो, बिरेन्द्र कुमार सिंह , उदय कुमार महतो, मनिक लाल महतो, रन्जित कुमार महतो , उमेश कुमार महतो र मुकेश कुमार महतो रहेका छन।

त्यसैगरी सल्लाहकार समितीमा कमलेश कुमार महतो, शिव कुमार महतो, बिनोद कुमार महतो, रामकल्याण महतो, जयकुमार सिंहलाई चयन गरेको हो।

कुशवाहा कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य माननीय श्री राज कुमार सिंहको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष कमलेश कुमार महतोको सभापतित्वमा रहेको थियो।

जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुमार महतो, नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय सचिव भरत महतो, कुशवाहा बुद्धिजीवी कल्याण समाजका केन्द्रिय महासचिव पुण्यलाल महतो, गैर अवासिय नेपाली संघ कतारका नव निर्वाचित अध्यक्ष पदम गिरी, लगायत विभिन्न संघ संस्थाका अध्यक्ष एव प्रतिनिधि, बुद्धिजीवी , समाजसेवी , पत्रकार, कालाकार लगायको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो।

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रमलाई संस्थाका महासचिव मनोज कुमार महतोले स्वागत मन्तव्य राखेका थिए। संस्थाका सल्लाहकार रामकल्याण महतोले सन्चालन गरेको कार्यक्रमलाई संस्थापक अध्यक्ष तथा सल्लाहकार शिव कुमार महतो थप सहजीकरण गरेको थियो।

कार्यक्रमलाई सम्पापन गर्दै समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति कमलेश कुमार महतोले अधिवेशनलाई सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नुहुने तथा संस्थाको निम्तोलाई स्विकार्दै कार्यक्रममा पाल्नु भएका सम्पूर्ण अतिथिहरुमा अभार प्रकट गर्दै समापन्न गरेका थिए।

कमेन्टहरु