बाढी/पहिरो, यातायात

पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प

नवलपुर टुडे
२०८२ साउन २३ | बिहान ०९:०४ बजे
फाइल तस्वीर

पाल्पा। पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । आज बिहान ४ : ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

त्यस्तै बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । 

कमेन्टहरु