खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
प्रथम खौं कप – २०८२ खुल्ला भलिबल प्रतियोगिता हुने


बाजुरा, साउन २२ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – ६ धिम गाउँम प्रथम खौं कप २०८२ खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । खौं मेलाको अवसरमा शिब वानादेव यूवा क्लबको आयोजना द्वारा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
सम्पूर्ण खेलाडीले आफ्नो टिम दर्ता गरी सहयोग गरिदिनहुन हार्दिक अनुरोध समेत गरेको छ । खेलाडीले टिम दर्ता शुल्क ३ हजार ३ सय ३३ रुपैया रहेकोे छ । खेलाडी सङख्या ९ जना र एक टिम १ कोच र १ म्यानेजर, प्रत्येक खेलाडीहरुसँग जर्सी अनिवार्य हुनुपर्नेछ।
खेलाडीहरुलाई कुनै प्रकारको चोटपटक लागेमा प्राथमिक उपचार बाहेक अन्य उपचार टिम तथा खेलाडी आफै जिम्मेवार हुनुपर्नेछ । भलिबलको राष्ट्रिय नियमानुसार खेल खेलाइनेछ र केही नियमहरु आयोजकका लागु हुने र धुम्रपान मध्यपान सेवन गरेको खण्डमा टिम वा खेलाडीलाई सिधै नकआउट गरिने शिव मानादेव यूवा क्लव अध्यक्ष विनोद बुढाले बताउनुभयो ।
प्रतियोगितामा कुनै विवाद आएमा आयोजकको अन्तिम निर्णयमा कुनै किसिमको दाबी, विरोध र नियम लागुहुनेछैन। टिम दर्ता अन्तिम साउन २७ गते बेलुका ५:०० बजेसम्म गरिने भएको छ । Tysheet आउने साउन २७ गते बेलुका सम्म हुनेछ । खेल हुने साउन २८ गते विहान ८ वजे देखी बडीमालिका माध्यमिक विधालयको खेल मैदान हुनेभएको छ ।
प्रथम पुरस्कार रु २५ हजार ५ सय ५५ रुपैया र ट्रफी, मेडल र प्रमाण-पत्र , द्वितिय पुरस्कार १५ हजार ५ सय ५५ रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाण-पत्र, तृतिय पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ र ट्रफी, मेडल र प्रमाण-पत्र र वेस्ट पेलेयर र वेस्ट स्पिकरलाई मेडल र प्रमाण-पत्र दिइने आयोजक शिव मानादेव यूवा क्लव सचिव मानबहादुर शाहीले बताएका छन ।























