मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढीनन्दा माताको पुजाआजा गर्ने दिनमा सार्वजनिक विदा दिने निर्णय

उमेश रोकाया
२०८२ साउन २१ | मध्यान्ह ०४:०४ बजे

बाजुरा , साउन २१ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा श्रावण शुक्ल चतुर्दशी बुढीनन्दा माताको पुजाआजा गर्ने दिनमा नगरपालिका अन्तर्गतका सरकारी कार्यालयमा सार्वजनिक एक विदा दिने निर्णय गरिएको छ ।

बुढीनन्दा नगरपालिका नगर कार्यपालिकाको भदौ १३ गतेका दिनमा बुढीनन्दा माताको मन्दिर परिसरमा बसेको कार्यपालिकाको बैठक द्वारा प्रत्येक बर्ष श्रावण शुक्ल चतुर्दशी बुढीनन्दा माताको पुजाआजा गर्ने दिनमा नगरपालिका अन्तर्गतका सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

साउन २३ गतेका दिन पर्न गएको श्रावण शुक्ल चतुर्दशीमा यस नगरपालिका अन्तर्गतका ‎सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक विदा दिने सूचना प्रकाशन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताउनुभयो ।

कमेन्टहरु