देश

नेपाली काग्रेंसका नेता रामअंज्ञा यादवको बुधवार १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली(शोक)सभा सम्पन्न

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०८:०४ बजे

राजेश पासवान

गौर । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर. ८ बहुअरी निवासी,नेपाली काग्रेंसका नेता एवम् पुर्व क्षेत्रीय सभापति तथा रौतहट क्षेत्र नम्बर ४(ख)को बिधायक प्रत्यासी रामअंज्ञा यादवको बुधवार १३ औं दिन को पुण्य तिथि मा श्रद्धाञ्जली(शोक) सभा सम्पन्न गरिएको छ ।

गत साउन १ गते शुक्रबारका दिन भरतपुरको सेन्ट्रल अस्पतालमा उपचारको क्रममा निधन भएको उनलाई करिब ३ वर्ष देखि ब्लड केन्सरले सताएको कारणले उनी काठमाडौं र भरतपुर लगायत दिल्लीको मेदन्ता हास्पिटलमा समेत उपचार गराइसकेका थिए।समाजसेवामा निरन्तरता दिदैं आएका ४९ बर्षिय नेता यादव नेपाली कांग्रेसबाट करिब दुई दशक देखि राजनीति गर्दै आएका थिए।

शोकसभामा शोक दर्जनौं व्यक्तिले मन्तव्य दिएका थिए, मन्तव्य दिने क्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्ना कार्यकर्ता एवम् मित्र स्व.यादवका थुप्रै सम्झनाहरु छन जो आफू भुल्नै सकिन्न, उहाको निधनले पार्टीमा ठूलो छती भएको बताउदै, नेता थापाले हामी सभामा श्रधान्जली मात्र व्यक्त गर्न आएका छैनो,हामी त उहाँले पार्टीका लागि दिएको योगदानहरु पनि झलकाउन आएको र शोक संतप्त परिवार जनमा धैर्यता दिन र वहाँ न रहेको बेलापनी नेपाली कांग्रेस यो समाज र उनका परिवार जनमा कुनै प्रकारको कमी न हुनदिने भन्दै प्रतिवद्धता व्यक्त गरे।

त्यसै गरि नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले पनि स्व.यादव प्रति श्रधा सुमन सहित श्रधान्जली व्यक्त गर्दै ,स्व.यादव को निधनले आफू स्तब्ध रहेको र पार्टीलाई मात्र ठूलो छती न भइ उहाँको समाजलाई क्षेत्रलाई पनि ठूलो छती भएको बताए ।नेता कोईरालाले स्व.यादव जस्ता नेता कार्यकर्ताले गर्दा र उहाँहरुको सहयोगले गर्दा नै हाल देशमा कांग्रेसको सरकार भएको बताउदै स्व.यादव जस्ता नेताको घर परिवार र समाजलाई विशेष ध्यान दिन सरकार संग आग्रह समेत गरे।अर्को हर्फमा बोल्दै महामन्त्री कोईरालाले पार्टी भित्रको अन्तरघात का कारण पछिल्लो समयमा आफुहरु पछिपरेको ,नत्र नेपाली कांग्रेसलाई हराउने कुनै पार्टी नरहेको बताए।साथै आगामी चुनावमा सबै जना एकजुट भई ईमानदारीता का साथ सहयोग गर्न सबैमा आग्रह समेत गरे।

शोक सभामा बोल्ने सबै वक्ताहरु स्वर्गीय यादव प्रति श्रधा सुमन सहित श्रधान्जली अर्पण गर्दै र उहाँको मृत आत्माको शान्तिको कामना सहित शोक संत्प्त परिवारजनमा ध्यर्यधारणको कामना समेत गर्दै,स्वर्गीय यादवको निधनले नेपाली कांग्रेसको ठूलो छती भएको भन्दै दु:ख व्यक्त गरेका थिए।

उक्त शोक सभाको सभापतित्व नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभापति कृष्ण प्रसाद यादवले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा नेपाली कांग्रेसको महामन्त्री शशांक कोईराला र बिशिस्ट अथिति युवा नेता एवम पुर्व मन्त्री गगन थापा रहनुभएको थियो त्यसैगरी अथितिहरुमा रौतहट क्षेत्र नम्बर ४ को सांसद देव प्रसाद तिमिल्सिना,रौतहट क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति एवम् वृन्दावन नगरपालिकाका नगर प्रमुख रामसनेही यादव,रौतहट क्षेत्र नम्बर ३को पुर्व सांसद एवम संविधान सभा सदस्य जितेन्द्र यादव,(सुनिल),परोहा नगरपालिका का नगर प्रमुख मो.शेख वकिल,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख राम चन्द्र चौधरी वडा नम्बर ८ का वडा अध्यक्ष दिनानाथ महतो लगायत जिल्ला तथा विभिन्न जिल्ला बाट आएका नेता कार्यकर्ता र स्थानीयबासी एवम् पत्रकारहरु को उपस्थिति रहेको थियो ।

कमेन्टहरु