धर्म–संस्कृति/रीतिथिति, प्रबास, बिश्व, समाज

श्रीवैष्णव परिषद् युएईद्वारा जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम तयारी अंतिम चरणमा

कबिराज राजबंशी
२०८२ साउन २० | मध्यान्ह १०:०४ बजे

IMG 20250805 WA0060

 

कविराज राजवंशी प्रवास दुबई यूएई

श्रीवैष्णव परिषद् युएईले बिगतका वर्षमाझैं यस वर्ष पनि ९ अगष्ट २०२५ शनिबार दुवईको प्रसिद्ध शहर वर दुवईको सिल्भर स्पुन रेस्टरेन्टमा बिहान ९:०० देख रात्रि १०:०० वजे सम्म हुने भव्य रूपमा जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम आयोजना गर्ने भएको छ। श्रीवैष्णव परिषद्का कार्यक्रम संयोजक श्री गणेश जोशीका अनुसार, यो धार्मिक र सांस्कृतिक कार्यक्रममा पण्डित सम्पत कुमार न्यौपाने र पण्डित प्रदीप दाहालद्वारा वैदिक विधिपूर्वक हवन पूजन तथा मन्त्रसहित जनै धारण गराईनेछ।

कार्यक्रममा सहभागी हुने सबै भक्तजनहरूले पण्डितज्यूहरूको मुखारविन्दबाट वैदिक मन्त्र उच्चारणसहित नयाँ जनै ग्रहण गर्नेछन्। “प्रवासमा रहे पनि सनातन संस्कार र परम्परालाई जोगाउने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो,” सल्लाहकार प्रमुख राप्रपा केन्द्रिय सदस्य, सामाजिक व्यक्ति एवं धार्मिक अभियन्ता श्री तोयानाथ लम्साल ज्युले बताउनुभयो।

कार्यक्रमलाई सफल बनाउन विभिन्न प्रवासी संघसंस्थाहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ। हिन्दुजागरण नेपाल युएई साखा, सनातन गौ संरक्षण अभियान युएई, नवलपुर सेवा समाज युएई, र प्रवासी नेपाली एकता समाज युएई सहयोगी संस्थाका रूपमा सक्रिय सहभागी रहेका छन्। साथै मिडिया पार्टनरको रूपमा नवलपुर टुडे रहेछ।

सहयोगी संस्था नवलपुर सेवा समाज युएईका अध्यक्ष तथा धार्मिक बौद्धिक व्यक्तित्व श्री गोपाल पराजुलीले भन्नुभयो, “श्रीवैष्णव परिषद् युएईले यस्ता कार्यक्रम आयोजना गरेर विदेशमा रहेर पनि नेपाली सनातन धर्म र संस्कृतिको रक्षा गर्दै एकता र जागरणको सन्देश दिइरहेको छ। “पण्डित द्वयले युएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन हार्दिक निमन्त्रणा गरेका छन्।

IMG 20250805 WA0178

कार्यक्रमको सबै निग्रानी श्रीवैष्णव परिषद् युएई अध्यक्ष श्री मणि राम खतिवडा ज्युले गरिरहनु भएको छ र बिगतमा झै यस् बर्ष पनि उल्लेखनीय भक्तहरुको बाक्लो उपस्थिति हुने जानकारी अध्यक्ष श्री मणिराम खतिवडाले जानकारी गराउनु भयो ।

 

 

 

 

 

 

 

कमेन्टहरु