देश

राष्ट्रपतिद्वारा नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०८:०४ बजे

काठमाडौं । आज नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

बुधबार राष्ट्रपति निवास शितल निवासमा विद्यादेवी भण्डारीले लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

कमेन्टहरु