बुटवल–पाल्पा सडक अवरुद्ध

नवलपुर टुडे
२०८२ साउन २० | बिहान ०८:०४ बजे

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक अन्तर्गत तिनाउ–३ सिद्धबाबा नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको हो ।
यस अघि हिजो दिउँसोदेखि अवरुद्ध भएको सडक साँझ ७ बजेतिर खुलेको थियो । सडक अवरुद्ध भएपछि अहिले बुटवलबाट पाल्पा जाने र आउने सवारी सधान बिचबाटोमा रोकिएका छन् ।


















