बाढी/पहिरो

सप्तकोसी कोशी ब्यारेजमा रातो बत्ती बालियो

नवलपुर टुडे
२०८२ साउन २० | बिहान ०६:०४ बजे

सुनसरी, साउन २० ।  कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढेको छ । पूर्वी पहाडी तथा तराईंका जिल्लामा लगातार भएको वर्षाले सोमबार बिहानैदेखि नदीको बहाव बढेको हो ।

सोमबार बिहान ६ बजे एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो । राति १० बजे एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले जानकारी दिए । पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 

विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

कमेन्टहरु