देश

सुनसरीको इटहरीमा छोरालाई कुटपिट गर्ने सौतेनी आमा पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०७:०४ बजे

सुनसरी । इटहरीबाट छोरालाई कुटपिट गर्ने सौतेनी आमा पक्राउ परेकी छन् । इटहरी–१९ की २५ वर्षीया पक्राउ पर्ने सौतेनी आमा मङलबार पक्राउ परेकी हुन् ।

सौतेनी आमाले १२ वर्षीय नाबालक छोरालाई पहिलेदेखि नै शारीरिक र मानसिक यातना दिँदै पटक–पटक कुटपिट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले उनलाई बालबालिका विरुद्धको हिंसामा परेको उजुरीको आधारमा पक्राउ गरेको हो । सौतेनी आमालाई सुनसरी जिल्ला अदालतबाट बालबालिका विरुद्धको हिंसा कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्टहरु