पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बडीमालिकामा मेलाका लागि त्रिवेणीमा तीन दिन सार्वजनिक विदा

उमेश रोकाया
२०८२ साउन १८ | मध्यान्ह ०६:०४ बजे

बाजुरा , साउन १८ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा लाग्ने मेलाका लागि त्रिवेणी नगरपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ ।

‎जनैपूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन लाग्ने मेलाका लागि नगरपालिकाले सार्वजनिक विदा दिएको हो । नगरपालिकाले  सार्वजनिक सूचना जारी गर्दै २१ गतेदेखि २३ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

‘त्रिवेणी नगरपालिकाको साउन ६ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार यस नगरपालिकामा अवस्थित पवित्र धार्मिकस्थल बडीमालिका मेलाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएकोले यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा २१ गतेदेखि २३ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारी गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी प्रसाद शाहद्वारा जारी सूचनामा भनिएको छ ।

कमेन्टहरु