देश

मोर्चा अध्यक्ष विमल गुरुङलाई ४२ समष्टिमा स्वागत, जनताको सेवा गर्न अघि आएको छु : गुरुङ

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०४:०४ बजे

सुस्मिता थामी
दार्जीलिङ । गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष विमल गुरुङ ४२ नं सिञ्जी समथार समष्टिको भ्रमणमा निस्किँदा ठाउँ ठाउँ नै जनताले भव्य स्वागत जनाए ।

photo 2021 07 28 16 10 28

कालेबुङबाट निस्केका अध्यक्ष गुरुङलाई पुदुङ, रेली, स्योकवीर खानी तथा सिञ्जीमा जनताले अपार स्वागत जनाउनको साथै विमल गुरुङ जय जयकारको नारा लगाए । विधायक रूदेन लेप्चाको गढ़ मानिने यस समष्टिमा सयौं मानिसहरू अध्यक्ष गुरुङलाई स्वागत र समर्थन जनाउन निस्किए।

शहीद विमला राईको सालिगमा श्रद्धा सुमन अर्पण गरेपछि सिञ्जी पुगेका गुरुङलाई शुक्रबार बजार परिसरमा उनका समर्थकहरुले समर्थन जनाउँदै स्वागत गरे । समालबोङ सामुदायिक भवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफू जनताको सेवामा अघि आएको बताए ।

सत्ता र चौकी त्यागेर जातीय हितमा अघि आएको बताउँदै उनले पहाड़, तराई डुवर्स र देशभरि छरिएर बसेका गोर्खाहरूको हितमा आफू सधैँ उभिएको बताए। स्थायी राजनैतिक समाधानको निम्ति आफू प्रतिवद्ध रहेको पनि उनले जनाउँदै अब जनताको आङमा घाम लाग्ने दिन नजिकै आएको बताए।

photo 2021 07 28 16 10 25

आजसम्म केही स्वार्थी नेताहरूले सत्ताको आड़मा गरिरहेको अन्याय र दमन नीतिबाट जनता दिक्क भएर यसरी बाहिर निस्केको उनले बताए। गोर्खा जनमुक्ति मोर्चा २ र भारतीय जनता पार्टी छोड़ेर एकसय भन्दा अधिक युवाहरूले विमल गुरुङलाई समर्थन जनाए।

कमेन्टहरु