अर्थ, इतिहास, कोशी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, मनोरन्जन, वातावरण, विश्व, साहित्य
युएईमा ३१ औं अन्तराष्ट्रिय आदिवासी दिवस मनाउँने भव्य तयारी


दुवई, यूएई । हरेक बर्ष झैं यो वर्ष पनि “अन्तराष्ट्रिय आदिवासी दिवस” यूएई हुन गइरहेको छ। आदिवासी जनजाति समुदायले ९ अगस्तको दिनलाई आदिवासी दिवसको रूपमा मनाउँदै आइरहेको छ। यूएईमा रहेको आदिवासी जनजातिमा सूचीकृत जातिय संस्थाहरू लगायत नेपाल आदिवासी जनजाति महासंघ युएईको संयुक्त आयोजनामा “संविधान प्रदत्त अधिकार आदिवासीहरूको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर !!” भन्ने मुल नाराका साथ १० अगस्त २०२५ आईतबारको दिन दुवईको प्रसिद्ध शहर वर दुवईको SK7 रेस्टरेन्टमा बृहत सांस्कृतिक कार्यक्रम गरी “अन्तराष्ट्रिय आदिवासी दिवस” मनाउँने तयारी अवस्थामा रहेको छ।

हालै सम्पन्न २०२५-२७ कार्यकालको लागी सम्पन्न १०औं महाधिवेशन बाट नयाँ नेतृत्व मा आउनु भएका कार्यसमितिको घोषणा उक्त कार्यक्रममा गर्ने कुराको तय भएको छ। कार्यक्रममा जातिय झाँकी, सांस्कृतिक नृत्य, हरेक जातिले आ-आफ्नो मौलिक खाने परिकारहरू एक अर्कामा साटासाट र परंपरागत विषय वस्तुहरूलाई स्टल राखी प्रदर्शनी गर्ने कार्यक्रममा यी विशेषताहरु रहनेछन भन्ने कुराको जानकारी आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बू ज्यूले जानकारि दिनु भयो। साथै मुल आयोजक समितिले सम्पुर्ण यूएई बासीलाई उपस्थितीका लागि निमन्त्रणा पनि गर्नु भएको छ।























